कैलाली –धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन् । स्वतन्त्रबाट चुनाव जितेका उनले सोमबार सपथ ग्रहण गरे लगत्तै उपमहानगरपालिको कार्यकक्षमा पदभार सम्हालेका हुन् ।
उनले बिहान १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । उनलाई मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा सपथ ग्रहण गराएका हुन् । त्यसपछि ११ बजेर १५ मिनेटमा हमालले पदभार ग्रहण गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १७:४८
प्रतिक्रिया दिनुहोस्