Sagun Khabar
भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी
Atrya hospital

काठमाण्डौ – भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९  मतान्तरले पराजित गरिन् ।

दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१  मत प्राप्त गरेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गरे । दाहाल २०७४ सालको पालिका चुनावमा समेत कांग्रेसको सहयोगमा महानगर मेयरमा निर्वाचित भएकी थिइन् । 

यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update