कैलाली –सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ । स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।
प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आयोगका अनुसार अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासी÷जनजातीतर्फ १५ र दलिततर्फ ५ जना माग गरिएको छ ।
यस्तै अहेव खुलातर्फ ५३, महिलातर्फ २२, आदिवासी÷जनजातीतर्फ १०, मधेसीतर्फ ६, दलिततर्फ २ र ल्याबअसिस्टेन्ट खुलातर्फ १ पदका लागि आवेदन आह्वान गरिएको छ ।
यस्तै अनिमी, पब्लिक हेल्थ नर्सिङको खुलातर्फ ३, महिला, आदिवासी÷जनजाती र मधेसीतर्फ १÷१, जनरल आयुर्वेदको वैद्यको खुलामा १, ल्याबअसिस्टेन्ट खुलातर्फ २, महिला, आदिवासी÷जनजातीतर्फ १÷१ जनाको लागि विज्ञापन गरिएको छ ।
अहेव÷कोल्डचेन असिष्टेन्टको खुलातर्फ १०, महिलातर्फ ३, आदिवासी÷जनजातीतर्फ २, मधेसीतर्फ २ र दलिततर्फ १ जनाको लागि आवेदन खुलेको छ । आयोगका अनुसार २ सय ६६ पदका लागि विज्ञापन आह्वान गरिएको हो ।
यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक, शिक्षा प्रशासनको प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो ।