Sagun Khabar
बैतडीका थप एकजना कोरोना संक्रमितको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीका कोराना संक्रमित थप एकजनाको मृत्यु भएको छ । पाटन नगरपालिका ८ का ३४ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

गएको वैशाख २१ गते कोरोना पुष्टि भएका ती पुरुषको डडेल्धुरा अस्पतालमा उपचार हुँदै आएको थियो । सघन उपचार कक्षमा उपचार गराईरहेका ती पुरुषको मृत्यु भएको हो । 

यो संगै बैतडीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update