Sagun Khabar
बैतडीमा कोरोना जित्नेको संख्या बढ्दै, एकैदिन ११२ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । केहीदिन यता संक्रमण भन्दा निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

आइतबार मात्रै बैतडीमा ११२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताइन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ११२ जनाले कोरोना जितेको उनले बताइन् । जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएपछि कोरोना जित्नेको संख्या यो अहिले सम्मकै बढी भएको उनको भनाई छ । 

Atrya hospital

यसअघि शनिबार पनि ५३ जनाले कोरोना जितेका थिए । जिल्लामा जारी निषेधाज्ञाका कारण कोरोना संक्रमण कम हुँदै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लामा कोरोना जित्नेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको छ । ‘निषेधाज्ञाका कारण स्वास्थ्यका मापदण्ड पालनामा पनि कडाई भएको छ । भीडभाड कम भएको छ ।यसले गर्दा संक्रमितको संख्या केही कम हुन थालेको छ ।’स्वास्थ्य प्रमुख भट्टले भने, ‘हामीले स्वास्थ्यका मापदण्ड पालना गर्यौं भने कोरोना फैलिनबाट रोक्न सकिन्छ ।’

आइतबार बैतडीमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । पाटन नगरपालिकाका ७, पुर्चौंडी र मेलौली नगरपालिकाका २÷२ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ८ सय ८ रहेको छ ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६३ जना, पाटन नगरपालिकामा ११६ जना, सिगास गाउँपालिकामा १०१ जना, मेलौली नगरपालिकामा ५२ जना र सुर्नया गाउँपालिकामा ५२ जना रहेका छन् । 

यस्तै पुर्चौंडी नगरपालिकामा २९ जना, दोगडाकेदार गाउँपालिकामा २५ जना, पञ्चेश्वर गाउँपालिकामा २३ जना, डिलाशैनी गाउँपालिकामा १७ जना र शिवनाथ गाउँपालिकामा १३ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update