Sagun Khabar
बेपत्ता विमान खोजीका लागि मौसम बाधक, हेलिकप्टर उड्न सकेन

काठमाण्डौं –तारा एयरको बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ । पोखरा र जोमसोममा होलिकप्टर स्ट्याण्डबाइ अवस्थामा रहेपनि खराब मौसमका कारणविमान उड्न नसकेको नागरिक उड्ययन प्राधिरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । 

उनका अनुसार पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेको छ।  

Atrya hospital

मुस्ताङको लेते, टिटी, नाउरीकोटलगायतका स्थानमा विमान दुर्घटना भएको आशंका गरिएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा पोखराबाट जोमसोमका लागि टेकअफ भएको थियो ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएपछि सम्पर्कबिहीन भएको थियो । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update