Sagun Khabar
आइतबार सुदूरपश्चिममा ६०२ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आइतबार ६०२ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ६०२ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । कैलालीका ६ जना, बाजुराका २ जना, कञ्चनपुर र बैतडीका १÷१ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशभरी थप ३८४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार ६१३ नमूना परीक्षण गर्दा ३८४ जनामा कोरोना पुष्टि भएको हो । 
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update