आज बिहान पोखाराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपासमा खसेको हुनसक्ने आशंका गरिएको छ ।
कास्कीको पोखराबाट आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान सम्पर्क बिहीन भएको थियो । विमान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । बिहान १० बजेर २० मिनेटमा जोमसोम विमान स्थलमा अवतरण हुनुपर्ने विमान अहिलेसम्म सम्पर्कमा आएको छैन । विमान मुस्ताङको लेते पुगेर धौलागिरी तर्फ मोडिएपछि सम्पर्कबिहीन भएको पोखरा नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमान लेतेको लाजुङको खोचमा पुगेपछि खसेको आशंका गरिएको छ । तर यसको पुष्टि भने भैसकेको छैन । मुस्ताङको घाँसा भन्दा माथि लेते र त्यस माथी लाजुङ भन्ने ठाउँमा विमान खसेको आशंका गरिएको हो । विमान पोखराबाट उडेको २० मिनेटपछि सम्पर्क विहीन भएको थियो ।
#ईमेजखबर #