संखुवासभा – सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गएको छ ।
चैनपुर नगरपालिका–१ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा त्यहाँ काम गरिरहेका मजदुर धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका हेमबहादुर मगरको ज्यान गएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९ १३:३१
प्रतिक्रिया दिनुहोस्