Sagun Khabar
बैतडीमा सोमबार थप ५३ जनामा कोरोना पुष्टि, १९ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा सोमबार थप ५३ जनामा कोरोना पुष्टि भएको छ । डिलाशैनी गाउँपालिकाका २२, दशरथचन्द नगरपालिकाका १६, पाटन नगरपालिकाका ७ र सुर्नया गाउँपालिकाका ५ जनामा कोरोना पुष्टि भएको हो । 

यस्तै झुलाघाट नाकामा चेकजाँच गर्दा बझाङको केदारस्यु गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार थप ५३ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८४२ जना पुगेको छ । 

Atrya hospital

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६९ जना, पाटन नगरपालिकामा १२३ जना, सिगास गाउँपालिकामा १०१ जना, मेलौली नगरपालिकामा ५४ जना र सुर्नया गाउँपालिकामा ५४ जना रहेका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकामा ३८ जना, पुर्चौंडी नगरपालिकामा २८ जना, दोगडाकेदार गाउँपालिकामा २५ जना, पञ्चेश्वर गाउँपालिकामा २३ जना र शिवनाथ गाउँपालिकामा ९ जना सक्रिय संक्रमित रहेका छन् ।

 बैतडीमा सोमबार १९ जनाले कोरोना जितेका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update