Sagun Khabar
असार १ गतेदेखि आइतवारको बिदा खारेज गर्ने सरकारको निर्णय
Atrya hospital

काठमाण्डौ – सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको खानेपानी मन्त्री उमाशंकर चौधरीले  जानकारी दिए । 

पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।

‘हामीले परीक्षणको रूपमा मात्रै दुई दिनको बिदा लागू गरेका थियौँ तर हाम्रै सरकारी कार्यालय, निजी क्षेत्र, शैक्षिक क्षेत्र सञ्चारमाध्यमलगायतको सुझावका आधारमा आइतवारको बिदा खारेजीको निर्णय भएको हो’, मन्त्री चौधरीले भने । 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update