जाजरकोट – जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
चार जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए । सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको पनि उनले बताए । गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ ११:११
प्रतिक्रिया दिनुहोस्