Sagun Khabar
बैतडीका एक बालक महाकाली नदीमा डुबेर बेपत्ता 
Atrya hospital

बैतडी –बैतडीमा एक बालक महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका १ कुँडका १७ बर्षीय बालक महेश साउँद नुहाउने क्रममा डिम्बर घाटबाट बेपत्ता भएका हुन् ।

स्थानीय ६० बर्षीय घनबहादुर साउँदको मलामी गएका महेश नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए  ।

महाकाली नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update