Sagun Khabar
अछामका युवा उद्यमी शाह अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । 

मन्त्रालयले आज शनिवार शाहलाई पर्यटन दूतमा नियुक्त गरिएको पत्र प्रदान गरेको छ । मन्त्रालयका सह–सचिव होमप्रसाद लुइँटेलले शाहलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । 

Atrya hospital

शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायहरूसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नेछन् । शिक्षण र होटल व्यवसायमा आबद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्षसमेत हुन् । 

यसैगरी उनले गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका लागि उपाध्यक्ष भएर काम गरिसकेका छन् । कला क्षेत्रमा समेत रूचि राख्ने शाहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा लिएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update