Sagun Khabar
बैतडीमा बजार अनुगमन जारी, कालो बजारी गर्नेलाई जरीवाना 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन कार्यमा तीव्रता दिएको छ । महामारीको समयमा कालोबजारी बढेको भन्ने जनगुनासोको आधारमा बजार अनुगमनमा तीव्रता दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

मंगलबार (आज) गोठलापानीका केही पसलमा अनुगमन गरेको उनले बताए । अनुगमनका क्रममा ईश्वरी गंगा जनरल स्टोरमा म्याद सकिएका अखाद्य वस्तु भेटिएका, चिनीको मूल्य बढाएको भेटिएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफ १ को खण्ड (क) बमोजीम कारवाही हुने सूचना अधिकारी भारतीले जानकारी दिए । 

Atrya hospital

यस्तै मालिका इन्टरप्राइजेजमा २५ केजी तौलका १२५ कट्टा चामल उपभोग्य मिति नभएका भेटिएकाले सिल गरिएको छ । महामारीको समयमा कालोबजारी गर्नेहरुमाथि कारवाही गर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

अहिले सम्म अनुगमनको क्रममा ९ जना व्यापारीलाई जरीवाना गरिएको प्रशासनले जनाएको छ । कालोबजारी गरेको, महंगोमा सामग्री विक्रि गरेको, अखाद्य वस्तु विक्रि गरेको पाइएमा उजुरी गर्न पनि प्रशासनले आग्रह गरेको छ । ‘अहिलेको समयमा कालोबजारी गर्नु अपराध हो । खाद्य वस्तुको मूल्य बढाएको पाइएमा ठाउँको ठाउँ कारवाही गर्छौं ।’सूचना अधिकारी भारतीले भने, ‘स्थानीय तहहरुलाई पनि बजार अनुगमन गर्न आग्रह गरेका छौं । जिल्लाका सबै ठाउँमा बजार अनुगमन गर्न आवश्यक छ ।’ 
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update