Sagun Khabar
सुदूरपश्चिममा मंगलबार ६९७ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार ६९७ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ६९७ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै प्रदेशभरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ । कैलालीका ५, कञ्चनपुरका २, दार्चुला र बझाङका एक÷एक जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी थप ६१९ जनामा कोरोना पुष्टि भएको छ । २ हजार २५२ नमूना परीक्षण गर्दा थप ६१९ जनामा कोरोना पुष्टि भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update