Sagun Khabar
इन्जिनिर्यस एसोसियसनद्वारा अस्पताललाई भरेका अक्सिजन सिलिण्डर हस्तान्तरण 

बैतडी –नेपाल इन्जिनिर्यस एसोसियसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले जिल्ला अस्पताल बैतडीलाई १५ थान अक्सिजन सिलिण्डर भरेर हस्तान्तरण गरेको छ । अस्पतालका खाली सिलिण्डर नेपालगञ्जबाट भरेर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

एसोसियसनले भरेर पठाएका सिलिण्डर दशरथचन्द नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले अस्पतालका प्रमुख डा. वसन्तराज जोशीलाई मंगलबार हस्तान्तरण गरे ।

Atrya hospital

महामारीको समयमा सिलिण्डर भरेर सहयोग गरेको भन्दै अस्पतालले नेपाल इन्जिनिर्यस एसोसियसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिलाई धन्यवाद समेत ज्ञापन गरेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update