कैलाली –धनगढीमा जिप पल्टिँदा ४ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–४ पुरानो यातायात कार्यालय अगाडि शनिबार बिहान सु.प.प्र.०१००१ च ३५९५ नम्बरको बोलेरो जिप पल्टिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अछामबाट बिरामी बोकेर धनगढीका लागि छुटेको उक्त जिप आफै अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा बिरामी समेत रहेका अछामको मेल्लेख गाउँपालिका–८ का भरत ठकुल्ला, सोही ठाउँकी ४५ वर्षीया सरुदेवी ठकुल्ला, ३२ वर्षीय टिकाराम ठकुल्ला र ३८ वर्षीय जंगबहादुर साउद घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ४, २०७९ ०८:१८
प्रतिक्रिया दिनुहोस्