Sagun Khabar
पत्रकार बिष्टद्वारा जन्मदिनको अवसरमा अक्सिजन खरीदका लागि सहयोग 
Atrya hospital

बैतडी –बैतडीका एक पत्रकारले आफ्नो जन्मदिनको अवसर पारेर अक्सिजन खरिदका लागि सहयोग गरेका छन् । राष्ट्रिय समाचार समिति(रासस) का बैतडी समाचारदाता विनोदसिंह विष्टले अक्सिजन खरिदका लागि सहयोग गरेका हुन् ।

पत्रकार विष्टले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाइमा जारी अक्सिजन सहयोग अभियानमा सहयोग गरेका हुन् । जन्मदिनको अवसरमा २ हजार ८ सय २९ रुपैंया प्रतिष्ठानको खातामा जम्मा गरेको पत्रकार विष्टले बताए ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट गएको ११ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update