Sagun Khabar
सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन 
Atrya hospital

धनगढी –सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ ।  पूर्व प्रदेश प्रमुख मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्व स्वकीय सचिव धनसिँह क्षेत्रीले बताए  ।

कैलालीको भजनी घर भएका मल्लको काठमाण्डौमा उपचारका क्रमममा निधन भएको हो । उनको  बुधबार राती  ११ बजे निधन भएको बताइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनि पछिल्लो समय काँग्रेसमा प्रवेश गरेका थिए । मल्ललाई २०७४ सालको माघमा प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update