Sagun Khabar
कोभीडका बिरामीका लागि भानबहादुर चन्द स्मृति कोषले सहयोग गर्ने 

बैतडी –स्वर्गीय भानबहादुर चन्द स्मृति कोषले कोभीडका बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन गाडीको सहयोग गर्ने भएको छ । कोरोनाका बिरामीहरुलाई अस्पताल लैजान समस्या भईरहेको सन्दर्भमा कोषले एम्बुलेन्स नपाएका पाटनका नागरिकका लागि सहयोग गर्ने कोषका संरक्षक एवं पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । उनले भने ‘कोभीडका बिरामीहरुलाई अस्पताल सम्म पुर्याउन हामीले कोषका तर्फबाट गाडीको व्यवस्था गरेका छौं । कोभीडका बिरामीहरुलाई अस्पताल सम्म पुग्न सहज होस भन्ने हाम्रो चाहना छ ।’

पाटन नगर क्षेत्रभित्रका नागरिकका लागि कोषले अस्पताल पुर्याउन सहयोग गर्ने कोषका अध्यक्ष लता चन्दले जानकारी दिइन् । एम्बुलेन्स पाएको अवस्थामा एम्बुलेन्सको खर्च र नपाए अस्पताल सम्म पुर्याउन गाडीको व्यवस्था गर्ने उनले सुनाइन् । उनले भनिन् ‘महामारीको बेला समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि हामीले कोषबाट बिरामीहरुलाई अस्पताल सम्म पुर्याउन गाडीको व्यवस्था गरेका हौं । यसले समस्यामा परेका नागरिकहरुलाई केही सहज होला भन्ने हाम्रो विश्वास छ ।’

Atrya hospital

कोरोना भाईरसको महामारी कम नहुँदा सम्म यो सहयोग जारी रहने कोषकी अध्यक्ष चन्दले बताइन् । 

समस्यामा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्वर्गीय भानबहादुर चन्द स्मृति कोषको स्थापना भएकाले अहिलेको महामारीको समयमा नागरिकलाई सहयोग गर्न कोषले पहल थालेको कोषका संरक्षक चन्दले जानकारी दिए । यसअघि पनि कोषबाट विपन्न नागरिकलाई सहयोग गरिँदै आएको चन्दले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update