Sagun Khabar
कैलालीको मोहना नदीले खतराको तह पार गर्यो, सतर्क रहन आग्रह 
Atrya hospital

कैलाली –कैलालीको धनगढीस्थित मोहना नदीले खतराको तह पार गरेको छ । शनिबार बिहानैदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, खुटीया खोला मुडीभर, मोहना खोला मालाखेती र कान्द्रा खोलामा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

अझै वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने हुँदा नदी तटीय क्षेत्र र कैलाली–कञ्चनपुरको डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन भनिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update