Sagun Khabar
दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्दै 

दार्चुला –दार्चुलामा पछिल्लो समय स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पताल दार्चुलामा मात्रै एक वर्षको अवधिमा ३०५ जनामा स्क्रबटाइफसको सङ्क्रमण फेला परेको छ । पछिल्लो केही महिनायता अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिने गरेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । 

विगतका वर्षमा स्क्रब टाइफसका बिरामी फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष  बिरामीको सङ्ख्या ह्वात्तै बढेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । 

Atrya hospital

गत साउनदेखि हालसम्म दार्चुलामा ३०५ जनामा सङ्क्रमण भेटिएको तथ्याङ्क भए पनि अझै कतिपय बिरामी परीक्षणको पहुँच बाहिर हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । 

वर्षातको समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामी पनि बढी देखिने गरेको जिल्ला दार्चुला अस्पतालका डा आदर्श लिम्बूले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update