Sagun Khabar
बैतडीमा बिहीबार ६६ जनाले कोरोना जिते, १० जनामा संक्रमण पुष्टि 

बैतडी –बैतडीमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । पछिल्ला केही दिन यता संक्रमण पुष्टि हुनेको भन्दा निको हुनेको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबार जिल्लामा ६६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका सीआईसीटी सहजकर्ता बिनिता चौधरीले बताइन्  । 

यस्तै बिहीबार थप १० जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकामा ५, दशरथचन्द नगरपालिकाका ४ र सुर्नया गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ६४४ रहेको छ ।

Atrya hospital

 सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २२७, पाटन नगरपालिकामा १३१,सिगास गाउँपालिकामा ९९, डिलाशैनी गाउँपालिकामा ३९ र पञ्चेश्वर गाउँपालिकामा २६ जना रहेका छन् ।

यस्तै मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा २५÷२५ जना, शिवनाथ गाउँपालिकामा २३ जना र पुर्चौंडी नगरपालिकामा १९ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका ५ जना संक्रमित रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update