Sagun Khabar
सुदूरपश्चिम सरकारको बजेट संशोधन नभए समर्थन नगर्ने कांग्रेसको निर्णय 
Atrya hospital

कैलाली –सत्तारुढ नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन नभए समर्थन नगर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन नभए बजेट पास गर्न साथ दिन नसकिने निर्णय गरेको हो । 

बजेट संशोधन गर्नुपर्ने, नगरे समर्थन नगर्ने निर्णय गरिएको बैठकमा सहभागी एक सांसदले बताए । उनका अनुसार संसदीय दलको बैठकमा सामाजिक विकास मन्त्री समेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, डिल्लीराज पन्त, श्यामलाल रानाथारु सहितका ७ जना प्रदेशसभा सदस्य सहभागी थिए । सामाजिक विकास मन्त्री बोहरा आर्थिक मामिला मन्त्रालयले बजेट काटिदिएको गुनासो लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं समेत पुगेका थिए ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकशबहादुर रावलले गत १ असारमा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टिका कारण अहिलेसम्म छलफल हुन सकेको छैन । 
 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update