Sagun Khabar
प्रतिपक्षी सांसदहरुद्वारा सुदूरपश्चिम प्रदेश सभा बैठक बहिष्कार 
Atrya hospital

कैलाली –सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन् । नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन् । प्रतिपक्षी दलका सांसदहरुले बहिस्कार गरेपछि प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो । बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए । 

पाँचौँपटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, आज पनि बैठक बस्न सकेन । यस्तै प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् । असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि अझै सम्म छलफल सुरु हुन सकेको छैन । 

बजेटमा विधि र प्रक्रिया विपरीत मनपरी ढंगले योजना समावेश गरिएको भन्दै सत्तापक्ष र विपक्षका प्रदेश सांसदहरुले बजेट संशोधनको अडान राखेर पारित गर्न नसकिने बताउँदै आएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update