कैलाली –नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व समाजवादीले गर्ने बताएका छन् । सोमबार बिहान प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ठुलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । अन्य दलको समर्थन पाएमा समाजवादी सरकारको नेतृत्व लिन तयार रहेको उनको भनाइ रहेको छ ।
प्रदेश सरकारको नेतृत्वका लागि एकीकृत समाजवादी पार्टीले दाबी गरेको विषयमा धारणा राख्दै उनले उक्त दाबी स्वभाविक भएको पनि बताए । अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । तर पछिल्लो समयमा सरकार परिवर्तनको चर्चा चलिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १८:१२
प्रतिक्रिया दिनुहोस्