Sagun Khabar
बैतडीको घोडाईमा खानेपानीको चरम समस्या 
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा न. ४ घोडाई गाउँमा खानेपानीको चरम समस्या भएको छ । १५ घरपरिवार रहेको घोडाईमा खानेपानीको अभाव हुँदा दैनिक कामकाज गर्न समस्या भएको स्थानीय नरेश ठगुन्नाले बताए । उनले भने ‘खानेपानीका लागि गाउँमा निकै समस्या छ । खानेपानीको जोहो गर्नु निकै मुस्कील भएको छ । वस्तुभाउका लागि समेत बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’

नजिकैको शाहीलेक, गढी र गोठलापानी बजारमा बृहत खानेपानी आयोजनाको पानी सुचारु भएपनि घोडाइमा खानेपानीको  चरम समस्या रहेको छ । आफ्नो गाउँमा खानपानीको आपुर्तिका लागि सरोकारवालाहरुसंग पटक पटक माग गर्दापनि समस्या समाधान नभएको स्थानीयबासी प्रितम ठगुन्नाले बताए । उनले भने ‘हामी सदरमुकाम नजिकैका मानिसले खानेपानीका लागि निकै टाढा जानु परेको छ । एक किलोमिटर टाढाको मूहानबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’

टाढाको मूहानमा समेत पानीका लागि लाइन लाग्नुपर्ने बाध्यता रही आएको उनले सुनाए । घोडाई गाउँमा खानेपानी  चरम अभाव भएको पत्रकार वसन्त बिष्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update