कैलाली –सुदूरपश्चिम प्रदेश सभा बैठक आज फेरि स्थगित भएको छ । आज बिहान सभामा गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणा गरेका थिए ।
प्रदेशसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाएको भएपनि बस्न नसकेको हो । भोलि बिहान ११ बजेसम्मका लागि सभामुख थापाले बैठक स्थगित गरेका हुन् । माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा रहेका छन् ।
कांग्रेसले यसअघि नै यथास्थितिमा बजेट पारित गर्न नसकिने जनाइसकेको छ । विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि बजेटको विरोधमा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ १७:१३
प्रतिक्रिया दिनुहोस्