Sagun Khabar
दार्चुलाको व्याँसमा करारका कर्मचारीको अवधि नथपिने 
Atrya hospital

दार्चुला –दार्चुलाको व्याँस गाउँपालिकाले करार कर्मचारीको अवधि नथप्ने भएको छ । गाउँपालिकाले शनिबार  एक सूचना जारी गर्दै पालिका अन्तरगतका सम्पूर्ण शाखा तथा कार्यालयलाई उक्त निर्देशन दिएको हो । 

गाउँ कार्यपालिकाको असार ३१ गते बसेको बैठकले सबै शाखा तथा कार्यालय अन्तरगत कार्यरत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत  कृष्णानन्द बडूले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update