Sagun Khabar
बैतडीको पाटन नगरपालिकाले वडाका स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्था गर्दै 

बैतडी –बैतडीको पाटन नगरपालिकाले वडाका स्वास्थ्यचौकीहरुमा अक्सिजन सिलिण्डरको व्यवस्था गर्न थालेको छ । कोरोना भाईरसका बिरामीहरुको उपचारमा सहज होस भनेर वडाका स्वास्थ्य संस्थाहरुमा समेत अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिएको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । 

नगरपालिकाको भुमेश्वर स्वास्थ्यचौकीमा दुई थान र कैलपाल स्वास्थ्यचौकीमा दुई थान अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिएको महराले जानकारी दिए । उनले भने ‘हामीले वडाका स्वास्थ्य संस्थाहरुमा पनि अक्सिजनको व्यवस्थापन गरिरहेका छौं । कोभीडका बिरामीहरुलाई सहज होस भन्ने हाम्रो उद्देश्य छ ।’

Atrya hospital

दुई तीनओटा वडाको पायक पर्ने अन्य वडाहरुमा पनि अक्सिजन सिलिण्डरको व्यवस्थापनका लागि पहल भईरहेको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पेमा पनि अक्सिजन सिलिण्डर पठाउने तयारी भएको उनले बताए । 

नगरपालिकाले चालु आर्थिक बर्षमा ८ ओटा अक्सिजन सिलिण्डर खरीद गरेको नगरप्रमुख केशवबहादुर चन्दले बताए । उनले भने ‘अहिले हामीसंग नगरपालिकामा २० सिलिण्डर अक्सिजन छन्, नयाँ पुरानो गरेर । दुईओटा सिलिण्डर एकदुई दिनभित्रै पुग्दैछन् ।’

यस्तै नगरपालिकालाई विघटित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीको पहलमा ५ ओटा अक्सिजन सिलिण्डर प्राप्त भएका स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

यस्तै पाटन नगरपालिकाले ५ ओटा अक्सिजन कन्सन्टे«टर पनि खरीद गरेको छ । अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर अस्थायी कोरोना अस्पतालको आइसोलेसन कक्षमा पनि जडान गरिएका महराले जानकारी दिए । पाटन नगरपालिकामा संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले अक्सिजनको व्यवस्थापन गरेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update