Sagun Khabar
कैलालीको मोहन्यालका अधिकृत ३० हजार घुस सहित पक्राउ 
Atrya hospital

कैलाली – कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा घुस सहित पक्राउ परेका छन् । गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । 

बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानी बाफत ३० हजार कमिशन रुपैयाँ सहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरले जनाएको छ । 

घोडाघोडी नगरपालिका– १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानी बाफत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update