बैतडी –पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका स्थानीयले पालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् । पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले इन्द्रको पूजा गरेका हुन् ।
स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित जनप्रतिनिधिलाई बाँधेर पूजा गरेको बताएका छन् । गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार पूजा गरिएको बताइएको छ ।
सरावलबाहेक जिल्लाका अन्य स्थानमा पनि क्षमापूजा गरिएको छ । जिल्लामा चर्को घाम र गर्मीका कारण भर्खरै रोपेको धानको बीउ सुक्न थालेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ १७:१३
प्रतिक्रिया दिनुहोस्