Sagun Khabar
सुदूरपश्चिममा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
Atrya hospital

धनगढी- सुदूरपश्चिममा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा २६४ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार कञ्चनपुरको सीमा नाकामा २०९ जना नमूना परीक्षण गर्दा ७ र कैलालीमा ५४ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण फेला परेको हो। यस्तै सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमितको उपचार भइरहेको छ।  

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update