Sagun Khabar
दार्चुला अपिहिमालको ठुलढुङ्गी पुल बाढीले बगायो, आवतजावतमा समस्या

दार्चुला- दार्चुलास्थित अपिहिमाल गाउँपालिका ४ को ठुलढुङ्गी पुल बाढीले बगाएको छ। लगातारको वर्षाका कारण आएको बाढीले पुल बगाउँदा स्थानीय सरस्वती आधारभूत विद्यालय मरखोलामा अध्ययनरत विद्यार्थीहरूलाई आवतजावतमा समस्या भएको छ। 

ठुलढुङ्गी पुल बगाउँदा विद्यार्थीहरू जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन्। बाढीले  पुल बगाएपछि बुधबार विद्यालय जान नसकेका विद्यार्थीहरुलाई  आफुहरुले खोला तराएका अपि हिमाल गाउँपालिकाकाको  शिक्षा शाखामा कार्यरत  प्राविधिक सहायक मदन राज जोशीले  बताए। सो ठाउँमा आवतजावत गर्न  बैकल्पिक व्यवस्था गर्नु पर्ने  स्थानीयहरुको  माग छ ।  

Atrya hospital

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update