Sagun Khabar
दशरथचन्द स्मृति प्रतिष्ठानद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण 
फोटो :  जिल्ला अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिँदै  

बैतडी –बैतडीमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताललाई ८ थान नयाँ अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । शुक्रबार जिल्ला अस्पताललाई ८ थान नयाँ सिलिण्डर हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए । उनले भने ‘हामीले प्रतिष्ठानका तर्फबाट अक्सिजन सिलिण्डर खरीद गरेर अस्पताललाई हस्तान्तरण गरेका छौं ।’

यसअघि प्रतिष्ठानले अस्पतालका ६ थान अक्सिजन सिलिण्डर भरेर सहयोग गरेको थियो । कोरोना भाईरसका बिरामीहरुको उपचारमा सहज होस भन्ने हेतुले अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको चन्दले जानकारी दिए । उनले भने ‘अस्पतालमा अक्सिजनको अभावमा बिरामीहरुको उपचार गर्न समस्या भईरहेका बेला हामीले सहयोग अभियान सञ्चालन गरेका हौं । यसले कोभीडका बिरामीको उपचारमा सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

Atrya hospital

यस्तै प्रष्तिठानले जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर समेत वितरण तयारी गरेको छ । अस्पतालका लागि १० लिटरका ५ थान अक्सिजन कन्सन्ट्रेटर खरीद गरिसकेको र शनिबार अस्पताललाई हस्तान्तरण गरिने चन्दले जानकारी दिए । 

बैतडीमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको प्रतिष्ठानले अहिले सम्म ९ लाख ६९ हजार रकम संकलन गरिसकेको छ । अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने क्रम जारी रहेको अभियान्ता महेश भट्टले जानकारी दिए । उनले भने ‘अहिले पनि हामीले अभियान जारी राखेका छौं । यो अभियानले कोभीडका बिरामीहरुका लागि केही सहयोग पुगेको छौं । सहयोगी सबैलाई धन्यवाद दिन चहान्छौं ।’

 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update