Sagun Khabar
गगन चन्द डिभाइन फाउण्डेसनद्वारा जिल्ला अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण 
फोटो : गगन चन्द डिभाइन फाउण्डेसनका तर्फबाट जिल्ला अस्पताललाई हस्तान्तरण गरिएका अक्सिजन सिलिण्डर 

बैतडी– गगनचन्द डिभाइन फाउण्डेसनले जिल्ला अस्पताल बैतडीलाई १० थान नयाँ अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कोभीडका बिरामीहरुको उपचारका लागि सहज होस भनेर फाउण्डेसनले आफ्नै लगानिमा सिलिण्डर खरीद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । फाउण्डेसनका अध्यक्ष दानबहादुर चन्दको आर्थिक सहयोगमा फाउण्डेसन मार्फत अक्सिजन सिलिण्डर खरीद गरिएको गगनचन्द डिभाइन फाउण्डेसन बैतडीका सचिव गोविन्दराज जोशीले बताए । उनले भने ‘फाउण्डेसनका अध्यक्ष दानबहादुर चन्दको आर्थिक सहयोगमा सिलिण्डर खरीद गरिएको हो । हामीले आज अस्पताललाई हस्तान्ततरण गरेका छौं ।’

गगन चन्द डिभाइन फाउण्डेसन बैतडीका अध्यक्ष राजबहादुर चन्दले शुक्रबार जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । करीब साढे तीन लाखको लागतमा अक्सिजन सिलिण्डर बैतडीका पुगेका सचिव जोशीले बताए । दुईथान अक्सिजन सिलिण्डर दशरथचन्द नगरपालिका वडा नं ६ को एम्बुलेन्सका हस्तान्तरण गरिएको जोशीले बताए । 

Atrya hospital

विभिन्न संघसंस्थाहरुले अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको अस्पतालले धन्यवाद ज्ञापन गरेको छ । यसले कोभीडका बिरामीहरुको उपचारमा सहज हुने अस्पतालले जनाएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update