Sagun Khabar
बैतडीमा शुक्रबार ११३ जनाले कोरोना जिते, थप ४४ जनामा संक्रमण पुष्टि 

बैतडी –बैतडीमा शुक्रबार आज एकैदिन ११३ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ११३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका सिआइसीटी सहजकर्ता बिनिता चौधरीले बताइन्  । पछिल्लो केही दिन यता कोरोना निको हुनेको संख्या बढ्दै गएको उनले बताइन् । 

शुक्रबार जिल्लाका थप ४४ जनामा संक्रमण पुष्टि भएको छ । डिलाशैनी गाउँपालिकाका ३२, सुर्नया गाउँपालिकाका ६, दशरथचन्द नगरपालिकाका ३, पाटन नगरपालिकाका २ र दोगडकेदार गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । 

Atrya hospital

जिल्लामा अहिले ५७५ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १९२जना, सिगास गाउँपालिकामा ९९ जना, डिलाशैनी गाउँपालिकामा ७१ जना, पाटन नगरपालिकामा ६१ जना र सुर्नया गाउँपालिकामा २९ जना रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा २६÷२६ जना, मेलौली नगरपालिकामा २५ जना, शिवनाथ गाउँपालिकामा २३ जना र पुर्चौंडी नगरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा अन्य जिल्लाका ५ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update