Sagun Khabar
दार्चुलामा ई पासपोर्ट सेवा अवरुद्ध  

बैतडी - दार्चुला बाट सञ्चालन भईरहेको विद्युतीय राहदानी (ई पासपोर्ट ) सेवा रोकिएको छ । गत जेठ १६ गते देखि सञ्चालनमा आएको विद्युतीय राहदानी सेवा नेटवर्क डाउन हुदा  रोकिएको हो ।

विद्युतीय राहदानी सञ्चालनका लागि राहदानी विभागबाट सुविसु नेटवर्क कम्पनी मार्फत नेटवर्क जडान भएको थियो । उक्त नेटवर्कमा प्राविधिक समस्या आए पछि  ५ दिन देखि सेवा अवरुद्ध भएको प्रशासन   कार्यालय दार्चुलाले जनाएको छ ।

Atrya hospital

साउन ४ गते देखि आएको प्राविधिक समस्याका कारण ई पास्पोर्ट सेवा अर्काे सुचना नआए सम्मका लागि स्थगित गरिएको प्रशासन कार्यालयले निकालेको सूचानमा   उल्लेख गरिएको छ ।

अवरुद्ध सेवा  सुचारुको  लागि राहदानी विभाग, त्रिपुरेश्वर काठमाण्डौ सँग पत्र तथा फोन सम्पर्क मार्फत समन्वय भईरहेको जिल्ला प्रशासन कार्यालय  दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती  सउँदले  जानकारी दिइन् ।  गत महिना पनि सेवा अवरुद्धभएको  थियो   ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update