Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक बालकको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा न. ३ बरकुराली कन्सिनाका १३ बर्षीय महेश नाथको भीरबाट लडेर मृत्यु भएको हो । महेशको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भीरबाट लडेर मृत्यु भएको स्थानीय राम नाथले बताए । 

भीरबाट करीब २ सय मिटर तल खसेका महेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका बुवा दाशि नाथको समेत दुइ बर्ष अगाडि पौडा नजिकैको भीरबाट खसेर मृत्यु भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update