डडेल्धुरा –बझाङकी एक सुत्केरी आमा र नवजात शिशुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनले जन्माएको नवजात शिशुको शनिबार मृत्यु भएको हो ।
बेहोस अवस्थामा अस्पतालमा पुर्याएकी सुनार र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनलाई गर्भाअवस्थामा छारे रोगको समस्या देखिएको प्रहरीले बताएको छ । आमा र बच्चाको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९ १७:१२
प्रतिक्रिया दिनुहोस्