Sagun Khabar
प्रतिनिधि र प्रदेश सभा चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डौ –सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सिट बाँडफाँटको विषय भने टुङ्ग्याएको छैन । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढ्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Atrya hospital

उनले भने  ‘पाँच दलीय गठबन्धन बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अघि बढने निर्णय गर्यो । चुनावी तालमेलको निम्ति फेरि बैठक बस्छ, छलफल गर्छ।’

बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जापान भ्रमणको सफलताको शुभकामना पनि व्यक्त गरेको छ । अध्यक्ष प्रचण्ड आज राति १० बजे जापान जाँदै छन् । बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेल सहभागी थिए । 

Sahmati1659685906.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update