Sagun Khabar
दार्चुलाका सडक ठाउँ–ठाउँमा अवरुद्ध

दार्चुला- दार्चुलाका स्थानीय सडकहरु ठाउँ–ठाउँमा अवरुद्ध भएका छन्। जिल्लाको दुहु र ब्यास गाउँपालिकालाई सदरमुकाम जोड्ने खलंगा–टिंकर सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको हो।

 सडक अवरुद्ध हुँदा यातायात ठप्प भएर यहाँका स्थानीय जोखिम मोलेर सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन्। बाढीपहिरोले बाटोघाटोमा क्षति पुग्दा पैदल हिड्नसमेत समस्या भएको हो।

Atrya hospital

असारको सुरुकै वर्षाले ग्रामीण सडकहरू बन्द भइसकेका छन्। सडक तथा पैदल हिड्ने बाटोमा बाढी र पहिरोले धेरै ठाउँमा क्षति पुगेको स्थानीयले बताएका छन्।

वर्षाका कारण सडकमा पहिलो खस्दा यस क्षेत्रमा स्थानीयबासिन्दाहरू गाउँदेखि जिल्ला सदरमुकाम खलंगा जान समस्या झेल्न बाध्य बनेका हुन्।यसबारे स्थानीय सरकारलाई खसेको पहिरो पञ्छाई आवतजावतमा सहजता ल्याउन भनिए पनि चासो नदेखाएको बताइएको छ। 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update