कञ्चनपुर –कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बेदकोट नगरपालिका–४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा वडा नम्बर ३ शान्तिपुर बस्ने एकेन्द्र औजीका छोरा ४ वर्षीय अहान औजीेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १७:१९
प्रतिक्रिया दिनुहोस्