Sagun Khabar
बैतडीमा कोरोना संक्रमित महिलाको शल्यक्रिया मार्फत सुत्केरी !

बैतडी –बैतडीमा एक कोरोना संक्रमित महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । जिल्लामा पहिलो पटक कोरोना संक्रमितको महिलाको शल्यक्रिया गरेर सुत्केरी गराइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । 

बैतडीको दशरथचन्द नगरपालिका ४ की २१ बर्षीय ती महिलामा ९ दिन अघि कोरोना पुष्टि भएको थियो । होम आइसोलेसनमै बसीरहेकी महिलामा सुत्केरी व्याथा लागेपछि जिल्ला अस्पताल पुगेकी थिइन् । ती महिला नर्मल हिसाबले सुत्केरी हुन नसकेपछि शल्यक्रिया मार्फत सुत्केरी गराइएको डा. जोशीले बताए । उनले भने ‘हामीले कोरोना संक्रमित महिलाको शल्यक्रिया गरेर सुत्केरी गराएका छौं । जिल्लामा संक्रमितको शल्यक्रिया गरिएको यो पहिलो पटक हो ।’

Atrya hospital

उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संक्रमित महिलाको शल्यक्रिया गरिएको जोशीले बताए । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । 

जिल्ला अस्पतालले आकस्मिक रुपमा सबै प्रकारका सेवाहरु प्रदान गरिरहेको डा. जोशीले जानकारी दिए । कतिपय बिरामीहरु कोभीडको डरले अस्पतालमा नआउने गरेका र गम्भीर बिरामी भएमात्रै आउने गरेकाले समयमै अस्पताल आउन उनले आग्रह समेत गरे । 
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update