काठमाण्डौ –नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ ।
उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे उनको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले जानकारी दिए ।
प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गएको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए । गिरीको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ ०७:५०
प्रतिक्रिया दिनुहोस्