कैलाली –कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । ११ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा टीकापुर नगरपालिका ७ वेलुवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी खटिएर उनलाई समातेको थियो । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ १४:१४
प्रतिक्रिया दिनुहोस्