Sagun Khabar
बैतडीमा आगामी आर्थिक बर्षका लागि ३ अर्ब ६५ करोड बजेट 
Atrya hospital

बैतडी- संघीय सरकारले बैतडीका स्थानीय तहहरुका लागि ३ अर्ब ६५ करोड ७ लाख बजेट पठाउने भएको छ  । बित्तीय समानीकरण, बिशेष अनुदान र समपूरक अनुदान अन्तर्गत आगामी आर्थिक बर्षका लागि सो रकम विनियोजन गरिएको हो ।

सबैभन्दा बढी पाटन नगरपालिकाका लागि ४८ करोड ६१ लाख रकम विनियोजन गरिएको छ भने पुर्चौंडी नगरपालिकाका लागि ४६ करोड ९८ लाख विनियोजन गरिएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ४६ करोड ८३ लाख, मेलौली नगरपालिकाका ३५ करोड ९६ लाख बजेट विनियोजन भएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकाका ३५ करोड ७ लाख, दोगडाकेदार गाउँपालिकाका लागि ३५ करोड २४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि २७ करोड ९१ लाख, शिवनाथ गाउँपालिकाका लागि २७ करोड ३२ लाख,सिगास गाउँपालिकाका लागि २९ करोड ९३ लाख र सुर्नया गाउँपालिकाका लागि ३१ करोड २२ लाख बजेट विनियोजन गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update