Sagun Khabar
धौलीगंगा बाँधको ढोका खोलिने, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह 
Atrya hospital

दार्चुला –भारतको धारचुलास्थित  धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोका  खोलिने भएको छ । धौलीगंगा परियोजनामा सिल्ट सफाई कार्य हुने भएकोले बुधबार बिहान ५ बजे देखि बेलुकी ८ बजे सम्म परियोजनाको बाँधको ढोका खोलिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ ।  

भारतीय एनएचपिसि लिमिटेड धौलिगंगा  पावर स्टेसनले गरेको पत्राचार अनुसार बुधबार बिहान ५ बजेदेखि बजेदेखि बेलुकी ८ बजेसम्म धौलीगंगा परियोजनाको बाँधको ढोका खोलिने बताइएको छ । बाँधको ढोका खोलेको बेला महाकालीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । 
धौलीगंगा परियोजनाले पूर्व सूचना दिएर बाँधको ढोका खोल्ने गरेको छ । 

Darchula1661864497.jpeg

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update