Sagun Khabar
बैतडीमा सोमबार २९ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा सोमबार २९ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये २९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका सिआइसीटी सहजकर्ता बिनिता चौधरीले बताइन् । 

कोरोना संक्रमणको भन्दा कोरोना जित्नेको संख्या बढ्दै गएपछि जिल्लामा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । अहिले सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ४९८ रहेको छ । 

Atrya hospital

सोमबार जिल्लामा थप सात जनामा संक्रमण पुष्टि भएको छ । पाटन नगरपालिकाका २ जना, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका,शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा थप १÷१ जनामा संक्रमण पुष्टि भएको हो । 

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित दशरथचन्द नगरपालिकामा रहेका छन् । सो नगरपालिकामा १८२ जना सक्रिय संक्रमित छन् । यस्तै पाटन नगरपालिकामा ७२ जना, डिलाशैनी गाउँपालिकामा ७१ जना, मेलौली नगरपालिकामा ३७ जना र दोगडाकेदार गाउँपालिकामा ३० जना रहेका छन् । 

यस्तै शिवनाथ गाउँपालिकामा २४ जना, सुर्नया गाउँपालिकामा २३ जना, सिगास गाउँपालिकामा २३ जना, पुर्चौंडी नगरपालिकामा १८ जना र पञ्चेश्वर गाउँपालिकामा १३ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा अहिले सम्म कोरोनाका कारण १५ जनाको मृत्यु भईसकेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update